Skip to main content

साझा अक्षर

बिर्तामोडका भित्री सडक खण्डहरू धमाधम कालोपत्रे हुँदै

 

बिर्तामोड, २५ कात्तिक ।। बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ ।
आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ ।

बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव- ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो ।

कुल ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको थियो ।
दशैँ अगाडी नै कालोपत्रे गरीने योजना भएपनि अविरल वर्षाको कारण ढिलाई भएको जनाईएको छ ।

सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...