साझा अक्षर

श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब बिना झन्झट श्रम स्वीकृति पाउने

 

काठमाडौं   ।।  सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णयगरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।

“यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो”, मन्त्री भण्डारीले भने।

श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली सङ्घसंस्थालाई पनि परिचालित गरी ने मन्त्री भण्डारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...