साझा अक्षर

इम्बूङमा संचालित बराहक्षेत्र कात्र्तिके पूर्णिमामेला फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लवले जित्यो

 

ईम्बुङ  पाँचथर ।।  पॉचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२,इम्बूङमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित  खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम ७ सिवाले हात पारेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाल्गुनन्द ५ फाक्तेपलाई ट्राइबेकरमा  पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो ।

प्रतियोगितामा विजेता  नुमाफुङ युथ क्लवले नगद एक लाख दश हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नाम्तोक क्लवले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसै गरी महिला तर्फको फुट्बल प्रतियोगितामा एस एस एफ सी सुकेपोखरीले उपाधि जितेको  छ । फाइनलमा फेमेसुवा लुम्फाबुङलाई शुन्यका विरुद्ध दुइ गोलले पराजित गद सुकेपोखरीले उपाधि जितेको हो । महिलातर्फको विजेताले दश हजार र उपविजेताले पॉच हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

सोहि अवसरमा कर्ण शान्ति प्रतिष्ठानको मुख्य प्रायोजन तथा टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा प्रथम पुरुष बि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ । ब्याडमिन्टन प्रतियोगितामा राम धमला र उत्तम राईको टिम प्रथम तथा साहिल राई र पाङवीर नेम्वाङको टिम द्धितिय भएका छन । प्रतियोगितामा पहिलो भएको टिमले नगद १० हजार,द्वितियले ७ हजार र तृतियले २ हजार ५ सय नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडिहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  प्रतियोगिता फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको थियो  ।
कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै  स्थानिय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा फुट्बल,ब्याडमिन्टन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो । कात्र्तिके पूर्णिमा मेलाकै अवसरमा रष्ट्रिय कलाकारहरु बिनोद राई,नन्दि गुरुङ लगायतको उपस्थितिमा सांगितिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123