साझा अक्षर

क्यान झापाको नयाँ समिति गठन अध्यक्षमा पाठक

 

बिर्तामोड ।।   कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् ।

क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रञ्जीतकुमार पोद्दारको प्रमुख आतिथ्यमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा लोकनाथ खनाल (लोकप्रिय), सचिवमा खगेन्द्र मिश्र, सहसचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा जेनिशा पोखरेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा योगेश राजवंशी, तोषराज ठाकुर र बाप्पा शाह तथा संस्थागत कार्यसमिति सदस्यमा गोपाल काफ्ले चयन भएका छन् । क्यानको विधानअनुसार कार्यसमितिको बैठकले पदाधिकारीको जिम्मेवारी तोकेको हो ।

कार्यक्रममा क्यानका पूर्वकेन्द्रीय सदस्य तथा झापाका संस्थापक अध्यक्ष दिपेश पाठक, कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल, हेल्भेटास नेपालका प्रतिनिधि रेखा उप्रेती, कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य खगेन्द्र मिश्र, पत्रकार गोपाल काफ्लेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच, हेल्भेटास नेपालको सहयोगमा कनकाई पोलिटेक्निक इन्स्टिच्युट दुर्गापुरमा २ वर्षे डिप्लोमा कोर्स पूरा गरेका पहिलो ब्याचका २० जना विद्यार्थीहरुलाई अधिवेशनको अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

क्यान झापाका सचिव लोकप्रिय खनालले सञ्चालन, उपााध्यक्ष रोशन बुढोथोकीले स्वागत गरेको कार्यक्रम कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...