Skip to main content

साझा अक्षर

लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम’ सम्पन्न

 

बिर्तामोड, १० मंसिर ।।  बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा ‘लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम’ सम्पन्न भएको छ ।

निर्माणधिन बुट्टाबारी- प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो ।

यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अवाञ्छित क्रियाकलाप गर्ने मान्छे देखि टाढा रहन सबैलाई सचेत गराउनु भयो । बिर्तामोडमा लागुऔषधको भयाबह अवस्था रहेकोले कुनै पनि प्रकारका गतिविधि देखिए प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गर्नु भयो ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले लागूऔषधका कारण युवाहरु बिग्रदै गएकोले अभिभावकले निगरानी बढाउनु पर्ने बताउनु भयो । उहाँले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने सडकको लगानीकर्ता वल्ड बैंकलाइ धन्यवाद व्यक्त गर्नु भयो ।

सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धिका अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिनु भयो । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबले लागुऔषध नियन्त्रणमा जोड दिनु भयो ।

निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा ध्रुव उप्रेतीले स्वागत तथा बिजय तिम्सिनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा मनकामना कलेजका ब्याचलर अफ सोसियर वर्क (बिएसडब्ल्यु)मा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक ‘पेन्टोमाइम शो’ प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...