साझा अक्षर

नेपाल प्रिमियर लिग आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो ।

टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए ।

जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका क्रिस सोल बिना कुनै रनमा पभेलियन फर्काउन सफल भएका थिए ।

जनकपुर बोल्ट्सले दोस्रो ओभरमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई गुमाउनु परेको थियो । उनलाई विराटनगर किङ्सका बलर प्रतिश जीसीले बोल्ड गरेका थिए । अनिल ४ बलमा ५ रन बनाएर फभेलियन फर्किनु परेको थियो ।

जनकपुर बोल्ट्सको सुरुवाती चरणमै धरमराएको पारी सम्हाल्ने क्रममा लाहिरु मिलन्थाले ७५ रन बनाए । यस्तै हर्ष ठाकरले २९ रन जोड्दा विराटनगर किङ्स पराजित हुन पुग्यो ।

यसअघि आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्स १९ ओभरमा १२७ रन जोड्दा अल आउट भएको थियो । उसका लागि मार्टिन गप्टिलले ४३ रनमा ७ चौका र १ छक्कासहित ५५ रन बनाएका थिए । विराटनगरका लागि अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रनको योगदान पुर्‍याएका थिए ।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले विराटनगर किङ्सका तीन विकेट लिँदा हर्ष ठाकर र किशोर महतोले समान २–२ विकेट लिएका थिए । यस्तै बेन माइक र मोहम्मद मोहसिनले विराटनगर किङ्सका समान १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123