Skip to main content

साझा अक्षर

बिर्तामोड वडा नम्बर ७ मा’एक घर एक बत्ती अभियान’ सुरु

 

बिर्तामोड, १९ मंसिर :बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा’एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ ।
जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले ‘एक घर एक बत्ती अभियान’ सुरु गरीएको हो ।

यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरीने बताउनु भयो ।

नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो । घर घर बाटै लाइन टाँगेर जडान गरीने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्ने छ । यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडाअध्यक्ष खरेलले बताउनु भयो । जडान गरीएको बत्ती बिग्रीएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने छ ।

हाल टोल टोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भईरहेको छ । अहिले जडान गरीएका बत्तीहरुको खर्च प्रति एलइडी बल्ब १५ सय देखि ३ हजारसम्म रहेको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...