Skip to main content

साझा अक्षर

अनियन्त्रित बसले अन्य सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते।

 

झापा मंसिर २९।।    यात्रुवाहक बसले नियन्त्रण गुमाउँदा झापाको कमल गाउँपालिका स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको छ। यात्रुवाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका-५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो ।

सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका-३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय राम गुरागाईँ, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका ३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक सङ्खुवासभा थोतखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन् ।

सामान्य घाइतेहरूको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...