साझा अक्षर

छ दिनदेखि बेपत्ता इटा व्यवसायी प्रसाईको हत्या गरेर गाडेको अवस्थामा शव फेला

 

सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।

हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ ।

उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए ।

पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

“परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भने, “खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यालयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ । पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो । त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो । आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।”

उनका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो । प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...