Skip to main content

साझा अक्षर

घाँटी थिचेर आफ्नै आमाले गरिन् दुई नाबालिका छोरीको हत्या

बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए ।

बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा २६ वर्षीया पूर्णिमाले दुवै छोरीको हत्या गरेको स्वीकारेको प्रहरीको उद्धृत गर्दै त्यहाँका वडाध्यक्षले बताएका छन् ।

पूर्णिमाले दुवै छोरीका गला दबाएर ज्यान लिएको बयान प्रहरीलाई दिएकी छन् । दुवै छोरीको शव झुन्डिएर ज्यान गए जस्ता देखिएको बुढामगरले बताए ।

पूर्णिमामा कुनै मानसिक रोग देखिएको छैन । तर प्रहरीसँगको बयानमा उनले नुवाकोटमा रहेका पतिसँग बुधबार बिहान १० बजेतिर फोनमा झगडा परेपछि त्यही रिसमा छोरीहरूको ज्यान लिएको बताएकी छन् ।

दुवै बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। बालिकाका बुवालाई प्रहरीले नुवाकोटबाट झिकाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...