साझा अक्षर

झापा को धरमपुरमा बस दुर्घटना ११यात्रु घाइते

 

झापा माघ ०२ ।। पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।

मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो।

घटनामा घाइते भएकामध्ये केहीलाई टाउको, ढाड र हातमा चोट लागेको छ भने सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बसका चालक झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा मोरङको बिराटनगर– ३ बस्ने गुणा कोईराला, दिपा निरौला, म्यारी निरौला(सामान्य, निर्मला निरौला, शर्मिला कोईराला घाइते भएका छन् ।

यसैगरी शिवसताक्षी–८ झिलझिले बस्ने टंक शिवाकोटी, आन्सा फ्यादेन, सुमना लिम्बु , बिर्तामोड–६ बस्ने पुस्पलाल अधिकारी, चन्द्रकाला अधिकारी  र कमल–६ बस्ने शान्तिराम खतिवडा घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123