Skip to main content

साझा अक्षर

झापा जिल्ला अन्तरपालिका टी 20 क्रिकेट प्रतियोगिता : बिर्तामोड र कन्काई क्वाटर फाइनलमा

आयुष निरौला, बुद्धशान्ति माघ १२ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी दोश्रो खेलमा बाह्रदशी गाउँपालिका विरुद्ध कनकाई नगरपालिका ३४ रनले बिजयी भएको छ ।पहिले ब्याटिङ गरेको कनकाई नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पछ्याएको बाह्रदशी गाउँपालिका ८ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सफल भयो । कनकाईको जितमा ब्याटिङमा २६ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका अनिश न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।

भोलि माघ १३ गतेको पहिलो खेल झापा गाउँपालिका विरुद्ध शिवसताक्षी नगरपालिका र दोश्रो खेल भने मेचीनगर नगरपालिका विरुद्ध हल्दिबारी गाउँपालिका बिच रहने आयोजक बर्खा स्मृति प्रतिष्ठानका सदस्य गोकुल पौडेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...