साझा अक्षर

सुरक्षाको ग्यारेन्टी गरेर कलेज फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूको माग…

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीबाट नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलन गर्दै आफूहरू कलेजमा फर्किन सक्ने अवस्थामा नरहेको बताएका छन्।

नेपाल आएर कलेजमा भएको घटनाबारे जानकारी दिन आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरूले सो कुरा बताएका हुन्।

एक विद्यार्थीले परिचय नखुलाउन आग्रह गर्दै हाेस्टेलबाट निकाल्दा कलेजले बाहिरबाट मान्छे लिएर कुटपिट गरेको बताएका छन्।

उनका अनुसार ‘घटना भएको अर्को दिन हामीले प्रकृतिको न्यायका लागि आन्दोलन गर्यौँ। त्यसपछि हामीलाई निकालियो। निकाल्दा बाहिरबाट मान्छे लिएर कुटपिट गरियो। त्यसरी त कुकुरलाई पनि कुटिँदैन’, भनेर गुनासो समेत गरेका छन्।

‘कुटिएका हामीहरू यहाँ छौँ। त्यहाँ कुरा मिल्यो रे ! कसरी मिल्यो?’ उनले प्रश्न गर्दै भने, ‘कुरा मिले पनि फेरि हामीमाथि कुटपिट नहोला भन्ने के छ आधार? भन्दै कलेजले कुरा मिलेको भन्दै फेरि फर्कन आग्रह गरे पनि जान नसक्ने अवस्थामा रहेको उनिहरूको भनाई छ।

यसैगरी आफूलाई कलेजले बलिबिल्डर लिएर, गुण्डा लिएर कुटपिट गरेको, ‘होस्टेलबाट निस्कन सूचना आएपछि सरासर निस्कदा बाहिरबाट गुण्डा, बडिबिल्डर ल्याएर कुटपीट गरेको र अहिले पनि घाँटी दुखिरहेको समेत विद्यार्थीहरूले बताएका छन्।

उनहरूले पढ्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्दै अहिले मिलेको कुराले मात्र हामी कलेज फर्किने अवस्था नभएको भन्दै ‘हाम्रो सुरक्षाको ग्यारेन्टी गरेर फर्किने वातावरण बनाइयोस् भनेर माग समेत राखेका छन्।

यता नेपाल फर्किएका विद्यार्थीसँग ‘हामी नेपाल’ संस्थाले अहिले समन्वय गरिरहेको र नेपाल फर्किएका विद्यार्थीहरू मानसिक रूपमा निकै कमजोर अवस्थामा रहेको र मनोपरामर्श आफूहरूले गरिरहेको हामी नेपाल संस्थाकी प्रतिनिधि जेनित मुक्तानले बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123