साझा अक्षर

प्रेस सेन्टर नेपालको पद हस्तान्तरण तथा बिमोचन कार्यक्रम……..

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले मंगलबार ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पुर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए ।
कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री झलकशिह दर्लामी सन्देश, जिल्ला इन्चार्ज रन्जित तामाङ, प्रदेश उपाध्यक्ष एबम् घाइते प्रतिष्ठानका प्रदेश अध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बिपिनकुमार चौहानलगायतले सहिदको सपनालाई सहाकार पार्न सञ्चार सम्बद्ध संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।
पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले बिशेषांकको बारेमा चर्चा गरिएको कार्यक्रममा सुखानी सन्देशका सम्पादक चुडामणि बशिष्ठले विशेषांक प्रकाशनको बिषयमा जानकारी गराएका थिए ।
पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष शर्माले स्वागत तथा प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...