Skip to main content

साझा अक्षर

भोजपुरमा कुटपिटबाट एकको मृत्यु, मोरङमा छोराद्वारा बाबुमाथि चक्कु प्रहार

 

झापा चैत ५ ।। भोजपुरमा सामान्य विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ ।

फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ ।

त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक चौधरीले घरायसी विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका हुन् । घाइतेलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ । उनको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । उनको अबस्था गम्भीर रहेको बताइएको छ । चक्कु प्रहार गर्ने अशोकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...