Skip to main content

साझा अक्षर

सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

झापा।। अहिलेको समयमा बिभिन्न ठाउँहरूमा सुकेका पातहरू धेरै हुने अथवा धेरै स्थानमा सुक्खाहुने समय छ।

सुक्खा समय भएकै कारण धेरै भागमा डढेलोको जोखिम प्राय हरेक वर्ष हुने गरेको पाईन्छ।यस वर्ष पनि सामुदायिक, निजी र राष्ट्रिय वनमा डढेलो लागिरहेको पाइन्छ।

विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ। डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको उनिहरूको भनाई रहेको छ।

त्यसो त सरकारले हरेक वर्ष वन डढेलो सम्बन्धित जनचेतना सप्ताह लगाएतका डढेलो नियन्त्रणका लागी बिभिन्न कार्यक्रम गर्दछ तर अझैपनी धेरै प्रयासहरु प्रभावकारी हुन नसक्दा यो समस्या बर्सेनि दोहोरी रहेको पाइन्छ।

त्यसो त डढेलोबाट जोगिन उपभोक्ता समूहहरूको सहकार्यमा अग्नि रेखा निर्माण गरिएको तथा उपभोक्तामा जनचेतना कार्यक्रम पनी गरी सतर्कता पनि अपनाउने गरे भएपनी प्रभावकारी रूपमा काम हुन नसक्दा डढेलो लाग्न नछोडेर बन जंगल र बस्तीहरूमा खतरा बढेको छ।यस प्रकारको समस्या वर्षौ देखी देखापरिरहेको कारण सरकारी तथा अन्य सरोकारवालाले नियन्त्रणका लागि थप योजना निर्माण गरी अगाडी बढ्न आवश्यक देखिन्छ।

सरोकारवालालाई वनको महत्व र यसको सुरक्षासम्बन्धी तालिम, डढेलोबारे जानकारी अगाडी दिएर यसको नियन्त्रण कसरी गर्ने भनेर सर्वसाधारणसम्म प्रभावकारी रूपमा जनचेतना दिन आवश्यक देखिन्छ । कहिले काही सावधानी अपनाउँदा अपनाउँदै पनि डढेलो लागिहालेमा डढेलोसँग जुध्नका लागि तयारी अबस्थामा रहनु पर्छ।

सरोकारवालालाई स्रोत, सिप र अनुभवको तालिम दिएर तयारीको अवस्थामा राख्नु पर्छ। सामुदायिक वनको कर्मचारी र सदस्य, वन क्षेत्रका मानिस र सुरक्षा संयन्त्र डढेलो लागिहालेमा निभाउन वा फैलन नदिनका लागि तयारी अवस्थामा रहनु पर्छ ।

डढेलो नियन्त्रणका लागि अर्को चरणमा सम्भावित डढेलो लाग्ने क्षेत्रको पहिचान गर्नु पर्छ । त्यस्तो क्षेत्रमा यन्त्र र दक्ष जनशक्तिको व्यवस्था गर्नु पर्छ ।  भरपर्दो योजना निर्माण गर्नु भनेको डढेलो लाग्न नदिनु लागिहाले नियन्त्रणमा लिनु वा निभाउनु वा धेरै फैलिनु नदिनु हो।

जब आगलागी हुन्छ वा डढेलो फैलिन खोजेको हुन्छ, त्यतिबेला आगोलाई निभाई थप फैलिन दिनु हुँदैन।

तयारी अवस्थामा राखिएको जनशक्ति तथा अन्य स्रोतको माध्यमबाट आगोलाई थप फैलिन दिनु हुँदैन। यसका लागि पानी, माटो वा कार्बनडाइअक्साइड ग्यासको प्रयोग गर्न सकिन्छ । वनमा उपलब्ध हुने स्याउला, हरियो झारको प्रयोग पनि गर्न सकिन्छ । अन्य मेसिनरी औजार पनि आगो निभाउन प्रयोग गर्न सकिन्छ । आगलागी वा डढेलोपछि पीडितलाई क्षतिपूर्ति दिनु पर्छ ।

डढेलो लागेपछि वन क्षेत्र खाली र उजाड बन्छ। उजाड क्षेत्रमा पुनरुत्थान गर्नका लागि निश्चित कार्य योजना बनाई काम गर्नु पर्छ।

डढेलोले वनसँगै वनस्पति, जङ्गली जनावरलाई पनि प्रत्यक्ष असर पुर्याउने भएकाले सम्भावित क्षेत्रको पहिचान गरी नियन्त्रणका भरपर्दो योजना बनाई काम गर्नु पर्छ । यसरी काम गर्न सकियो भने आफ्नो बासस्थान छोडेर विस्थापित भएका जीवजन्तु तथा वनस्पतिलाई पहिलेकै अवस्थामा पुर्‍याउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...