साझा अक्षर

सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

झापा।। अहिलेको समयमा बिभिन्न ठाउँहरूमा सुकेका पातहरू धेरै हुने अथवा धेरै स्थानमा सुक्खाहुने समय छ।

सुक्खा समय भएकै कारण धेरै भागमा डढेलोको जोखिम प्राय हरेक वर्ष हुने गरेको पाईन्छ।यस वर्ष पनि सामुदायिक, निजी र राष्ट्रिय वनमा डढेलो लागिरहेको पाइन्छ।

विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ। डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको उनिहरूको भनाई रहेको छ।

त्यसो त सरकारले हरेक वर्ष वन डढेलो सम्बन्धित जनचेतना सप्ताह लगाएतका डढेलो नियन्त्रणका लागी बिभिन्न कार्यक्रम गर्दछ तर अझैपनी धेरै प्रयासहरु प्रभावकारी हुन नसक्दा यो समस्या बर्सेनि दोहोरी रहेको पाइन्छ।

त्यसो त डढेलोबाट जोगिन उपभोक्ता समूहहरूको सहकार्यमा अग्नि रेखा निर्माण गरिएको तथा उपभोक्तामा जनचेतना कार्यक्रम पनी गरी सतर्कता पनि अपनाउने गरे भएपनी प्रभावकारी रूपमा काम हुन नसक्दा डढेलो लाग्न नछोडेर बन जंगल र बस्तीहरूमा खतरा बढेको छ।यस प्रकारको समस्या वर्षौ देखी देखापरिरहेको कारण सरकारी तथा अन्य सरोकारवालाले नियन्त्रणका लागि थप योजना निर्माण गरी अगाडी बढ्न आवश्यक देखिन्छ।

सरोकारवालालाई वनको महत्व र यसको सुरक्षासम्बन्धी तालिम, डढेलोबारे जानकारी अगाडी दिएर यसको नियन्त्रण कसरी गर्ने भनेर सर्वसाधारणसम्म प्रभावकारी रूपमा जनचेतना दिन आवश्यक देखिन्छ । कहिले काही सावधानी अपनाउँदा अपनाउँदै पनि डढेलो लागिहालेमा डढेलोसँग जुध्नका लागि तयारी अबस्थामा रहनु पर्छ।

सरोकारवालालाई स्रोत, सिप र अनुभवको तालिम दिएर तयारीको अवस्थामा राख्नु पर्छ। सामुदायिक वनको कर्मचारी र सदस्य, वन क्षेत्रका मानिस र सुरक्षा संयन्त्र डढेलो लागिहालेमा निभाउन वा फैलन नदिनका लागि तयारी अवस्थामा रहनु पर्छ ।

डढेलो नियन्त्रणका लागि अर्को चरणमा सम्भावित डढेलो लाग्ने क्षेत्रको पहिचान गर्नु पर्छ । त्यस्तो क्षेत्रमा यन्त्र र दक्ष जनशक्तिको व्यवस्था गर्नु पर्छ ।  भरपर्दो योजना निर्माण गर्नु भनेको डढेलो लाग्न नदिनु लागिहाले नियन्त्रणमा लिनु वा निभाउनु वा धेरै फैलिनु नदिनु हो।

जब आगलागी हुन्छ वा डढेलो फैलिन खोजेको हुन्छ, त्यतिबेला आगोलाई निभाई थप फैलिन दिनु हुँदैन।

तयारी अवस्थामा राखिएको जनशक्ति तथा अन्य स्रोतको माध्यमबाट आगोलाई थप फैलिन दिनु हुँदैन। यसका लागि पानी, माटो वा कार्बनडाइअक्साइड ग्यासको प्रयोग गर्न सकिन्छ । वनमा उपलब्ध हुने स्याउला, हरियो झारको प्रयोग पनि गर्न सकिन्छ । अन्य मेसिनरी औजार पनि आगो निभाउन प्रयोग गर्न सकिन्छ । आगलागी वा डढेलोपछि पीडितलाई क्षतिपूर्ति दिनु पर्छ ।

डढेलो लागेपछि वन क्षेत्र खाली र उजाड बन्छ। उजाड क्षेत्रमा पुनरुत्थान गर्नका लागि निश्चित कार्य योजना बनाई काम गर्नु पर्छ।

डढेलोले वनसँगै वनस्पति, जङ्गली जनावरलाई पनि प्रत्यक्ष असर पुर्याउने भएकाले सम्भावित क्षेत्रको पहिचान गरी नियन्त्रणका भरपर्दो योजना बनाई काम गर्नु पर्छ । यसरी काम गर्न सकियो भने आफ्नो बासस्थान छोडेर विस्थापित भएका जीवजन्तु तथा वनस्पतिलाई पहिलेकै अवस्थामा पुर्‍याउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...