साझा अक्षर

स्थापना दिवसमा सहारामा रक्तदान कार्यक्रम

झापा। बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ३०औँ स्थापना दिवस मनाएको छ।हाल बढ्दै गएको रगत अभावलाई परिपूर्ति गर्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

सहाराले सामाजिक उत्तरदायित्व बहन गर्दै रगतकै अभावका कारणले गर्दा अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आज स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए ।

साहारा नेपाल साकोसको ३० औं स्थापना दिवसको अवसरमा ८१ युनिट रगत संकलन भएको जनाइएको छ।

यता सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको र आज पनी मानवीय सेवाका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद राजवंशीले बताए ।

देशकै उत्कृष्ट यस सहकारी साहारा नेपाल साकोसले समाजमा गरिबी न्यूनीकरण का लागी उद्यमशीलता र रोजगारी सिर्जना,  स्वास्थ्य , शिक्षा जैविक विविधता तथा वातावरण संरक्षण,  सामाजिक कृषि तथा वित्तीय लगायतको क्षेत्रमा समेत उत्कृष्ट काम गर्दै आएको छ।

साहारा नेपाल साकोसले गरिबी न्यूनीकरण उद्यमशीलता र रोजगारी सिर्जना,  स्वास्थ्य , शिक्षा जैविक विविधता तथा वातावरण संरक्षण,  सामाजिक कृषि तथा वित्तीय लगायतका थुप्रै क्षेत्रमा समेत काम गर्दै आएको संस्थाको उप विभागगिय प्रमुख गोपाल भट्टराईको भनाई रहेको छ।

२०५२ सालमा ३३ जना शेयर सदस्यको ३४ हजार सेयर पूँजीबाट स्थापना भएको सहरा नेपाल साकोसमा अहिले १ लाख ९० हजार सेयर सदस्य रहेका छन्। संस्थाको सेयर पूँजी १ अर्ब ७० करोड ११ लाख, ऋण लगानी ११ अर्ब ५० करोड , वासलात १७ अर्ब ७५ करोड , कोशी प्रदेश को छ जिल्लाको ८० सेवा केन्द्र बाट वित्तीय कारोबार भई रहेको छ । बचत १३ अर्ब ७५ करोड , संस्थागत पूँजी १ अर्ब ३० करोड, बाहिर ऋण सुन्न रहेको संस्थाको उपनिर्देशक दिनेश बहादुर निरौलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...