Skip to main content

साझा अक्षर

खुल्ला पुरुष फुटबल प्रतियोगिता: फुङ्बा एफ. सी र टि. वाइ.सी मङ्गलबारे विजयी

 

एकतप्पा चैत्र २४ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलबाट जित निकाल्दै  फुङ्बा एफ सी र  टी वाई  सी मङ्गलबारे दोस्रो चरणमा प्रवेश गरेका छन्।

जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा फलाटे एफ सी लाई सडन डेथमा पराजित गर्दै फुङ्बा एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ।   निर्धारित समयमा दुवै टोलीले दुईदुई गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले पाँच-पाँच गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा फुङ्बा एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय गरेको छ

त्यस्तै आज भएको दोस्रो खेलमा  कोलबोटे एफसीलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै टि वाई सी मङ्गलबारे अघिल्लो चरणमा प्रवेश गरेको छ। टी वाई सी।मङ्गलबारका लागि जर्सी नम्बर १० का दिवस बास्तोलाले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

त्यसको केही समयपछि  कोलबोटे  एफ सी का जर्सी नम्बर ११ का सन्तोष लिम्बु एंग्रीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्याए ।पहिलो हाफ एकएक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा टिवाईसी मङ्गलबारेका जर्सी नम्बर ८ का निश्चल भण्डारीले पुन गोल गर्दै खेलमा अग्रता बनाए।  त्यस लगत्तै जर्सी नम्बर १० का दिवस बास्तोलाले गोल गर्दै टिमलाई ३ एकको अवस्थामा पुर्‍याए

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि कोलबोटे एफसी फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो खेलको अन्तिम समयमा पाएको अवसरलाई गोल गर्दै २ -३ को अवस्थामा पुर्‍याए पनि त्यसपछि गोल गर्न नसकेपछि कोलबोटे एफसी पहिलो खेलबाट नै घर फर्किएको छ।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेल हेन्सी स्टार र द बोइज एफसी बीच हुनेछ।  दोस्रो खेल ठिङ्गेपुर एफसी र आयोजक पोखरी एफसी बीच प्रतिस्पर्धा हुने  आयोजक समितिका अध्यक्ष टङ्क गुरुङ (सुवासले ) जानकारी दिएका छन्

दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...