साझा अक्षर

खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता : आजका खेलसँगै सेमिफाइनल समीकरण पूरा

 

एकतप्पा चैत्र २९ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ  पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमी फाइनल समीकरण पूरा भएको छ।

पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको  क्वाटर फाइनल खेलमा द ब्वाइज एफ सी  आमचोकलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिकाको दानावारी एफसी सेमीफाइनलमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा द बोइज एफसीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै माई नगरपालिकाको दानाबारी एफसी का जर्सी नम्बर ६ का सुरज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

अनुभवी खेलाडीहरूका साथ मैदान उत्रिएको द बोइज आमचोकले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा क्वाटर फाइनलबाट घर फर्किएको छ।

त्यस्तै आज भएको दोस्रो खेलमा विजयी हुँदै आयोजक पोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ स्पर्धी चमैता के एफ सीलाई टाईबेकरमा पराजित गर्दै पोखरी युथ क्लब सेमिफाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेसँगै खेलको निर्णयका लागि ट्राइबेकर सम्म पुग्नुपरेको हो।

खेलमा अग्रता भने चमैता के एफ सीले बनाएको थियो।  केएफसीका जर्सी नम्बर १४ का सुसन मगरले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर त्यसको खुसियाली मनाउन नपाउँदै चमैता के एफ सीले गोल खान पुग्यो। केएफसी चमैताका गोलकिपर दिपेन मगरले  कन्ट्रोलमा राख्न नसकेको बललाई उत्कृष्ट फिनिसिङ गर्दै आयोजक पोखरी युथ क्लबका जर्सी नम्बर १०  भविन श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्‍याए।

त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णयका लागि टाईबेकरको सहारा लिनुपरेको हो। टाईबेकरमा आयोजक पोखरी युथ क्लबका भविन श्रेष्ठ ,सन्देश लिम्बु विवेक सुनाम र निङ्मा तामाङले गोल गर्दा सङ्गिन लिम्बुको प्रहार बाहिरिएको थियो।

उता पराजित चमैता के एफ सी का लागि दर्शन सुनुवार र कुसुम मगरको प्रहार मात्र गोलमा परिणत भएको भयो। मुकेश राईले बाहिर प्रहार गरेका थिए भने तीर्थ मगरको प्रहारलाई पोखरी युथ एफसीका गोलकिपर सुबास राई ले बचाउ गर्दै आयोजक पोखरी युथ एफसीलाई सेमिफाइनलको यात्रा तय गराएका हुन्।

भोलि बाट सेमी फाइनलका  खेलहरू सुरु हुनेछन्।भोलि हुने पहिलो सेमिफाइनल खेल  फुङ्बा एफसी र दानाबारी एफसीएफसी बीच हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनल खेल पर्सी ३१ गते आयोजक पोखरी युथ एफ सीले टि वाइ सी मङ्गलबारेको सामना गर्नेछ।

दश दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल २०८१ साल वैशाख १ गते हुनेछ प्रतियोगिताको विजेताले ५१ हजार १ सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष  सुवास गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...