साझा अक्षर

खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता: दानाबारी एफसी फाइनल प्रवेश

pinterest sharing button
sharethis sharing button

एकतप्पा चैत्र ३० ।। माई नगरपालिकाको दानाबारी एफ सी पोखरी युथ क्लब फाकफोकथुम ६ द्वारा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ।

पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको   पहिलो सेमिफाइनल खेलमा फुङ्गबा एफसीलाई ट्राइबेकरमा पराजित गर्दै दानाबारी एफसीले फाइनलको यात्रा तय गरेको हो।

 

खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै फुङ्बा एफसीले गोल गर्दै खेलमा अग्रता बनायो। फुङ्बा एफसी का जर्सी नम्बर १३ का आइकल लिम्बुले उत्कृष्ट गोल गर्दै   खेलमा अग्रता दिलाएका हुन्

त्यसपछि उत्कृष्ट खेल पस्केको दानाबारी एफसीले फूङ्बा एफ सि लाई केही दबाबमा राख्दै लगातार आक्रमण गरिरह्यो त्यसको केही समयपछि डिबक्समा फूङ्बा एफसीका खेलाडीले ह्यान्डबल गरेपछि दानाबारी एफसीले पेनाल्टीको अवसर प्राप्त गरेको हो। पाएको अवसरलाई गोलमा परिणत गर्दै दानाबारी एफसी खेलमा फर्किएको हो। दावावारी एफसीका जर्सी नम्बर ६ का सुरज राई जिरेले पेनाल्टी प्रहार गरेका थिए। उनको प्रहारलाई विपक्षी गोलकिपरले रोकेका थिए तर रिबाउन्ड बलमा पुन उत्कृष्ट गोल गर्दै सुरज राई जिरेले टोलीलाई खेलमा फर्काएका हुन्।

त्यसपछि दुवै डोलीले उत्कृष्ट खेल खेल्दै केही अवसरहरू सिर्जना गरेको थियो। तर पाएका अवसरहरुलाई गोल गर्न सकेनन् । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेसँगै खेलको निर्णयका लागि ट्राइबेकर सम्म पुग्नुपरेको हो। टाईबेकरमा दानाबारी एफसीका गोलकिपर जमिन राई (धर्ती) नायक बने। उनले फूङ्बा एफसीका २ प्रहारलाई रोक्दै आफ्नो टोलीलाई फाइनल पुर्याए । पराजित भएसँगै फूङ्बा एफसी सेमी फाइनल बाट घर फर्किएको छ।

 

भोलि हुने  दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा  आयोजक पोखरी युथ एफसीले टि वाइ सी मङ्गलबारेको सामना गर्नेछ। भोलिको दोस्रो तथा अन्तिम सेमीफाइनलमा विजयी हुने टोलीले वैशाख १ गते उपाधिका लागि दानाबारी एफसीसँग फाइनल खेल्नेछ।

दश दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल २०८१ साल वैशाख १ गते हुनेछ प्रतियोगिताको विजेताले ५१ हजार १ सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष  सुवास गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...