साझा अक्षर

अर्जुनधारामा नगर उप–प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने

अर्जुनधारा ।। अर्जुनधारामा नगर उप-प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो ।

नगर खेलकूद विकास समितिले शुक्रवार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो ।

‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।

कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटाएर्ड जीवन बिताइरहेका समाजसेवी व्यक्तिहरुलाई व्याडमिण्टन खेलको माध्यमबाट अनुशासित, दक्ष र स्वस्थ्य साथै उनीहरु बिच साथित्वको भावना अझ प्रगाढ बनाउने उद्देश्यका साथ ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेनले बताए ।

अर्जुनधारा वडा नम्बर ६ स्थित बिर्ता ब्याडमिण्टन हलमा हुने प्रतियोगिताका सम्पूण खेलहरु बिएफडब्लु र एनबिएको नियमानुसार खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भेट्रान्स ओभर प्रदेशस्तरीय प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने २ जनाले १२ हजार पुरस्कार पाउनेछन् । यस्तै खुल्ला डबल पुरुष प्रदेश स्तरीय प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुने २ जनाले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगिथतामा निजामति, स्वास्थ्यकर्मी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, टेलिकम, विद्युत प्राधिकरण, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको हकमा नागरिकता र परिचय पत्र अनिवार्य हुनुपर्ने र झापा जिल्ला सेवारत जनप्रतिनिधि वा कार्यरत कर्मचारीहरु मात्र सहभागी हुन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...