साझा अक्षर

सामुदायिक परोपकार गोल्डकप: उपाधिका लागि टप सेभेन र रेड डेभील्स ए भिड्दै

 

इलाम कार्तिक १० रेड डेभिल्स ए नयाँ बजार र टप सेभेन एफसी प्याङ ईलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि भीड्ने भएका छन्

आज भएको पहिलो सेमिफाइनल खेलमा रेड डेभिल्स ए ले लोक्साङ एफसी लाई दुई एक गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।   रेड डेभिल्स ए का लागि शेखर राईले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। पहिलो हा फ १-०को अवस्थामा सकिएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै लोक्साम एफसीले बराबरी गोल फर्कायो उसका लागि जर्सी नम्बर ८ का मुकेश मगरले बराबरी गोल गरेका थिए। तर उक्त गोलको खुसियाली मनाउन नपाउँदै रेड डेभिल्स एका तर्फबाट जर्सी नम्बर ५ का  नवराज राईले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए त्यसपछि दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि रेड डेभिल्स ए दुई एक गोल अन्तरको जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

आजनै भएको दोस्रो सेमिफाइनल खेलमा रेड डेभील्स बिलाई ट्राई बेकरमा  पराजित गर्दै टप सेभेन प्याङले फाइनलमा रेड डेभिल्स ए सँग उपाधि भेडन्त पक्का गरेको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि निर्णयका लागि खेल ट्राइबेकरमा धकेलिएको थियो।

ट्राइबेकरमा टप सेभेन एफसी प्याङका लागि सरोज कार्की सानील राई मिलन मेचे र म्याग्नेट लिम्बुले गोल गरे रेड डेभिल्स टिमका लागि भने संगम लिम्बु र झरण राई ले गोल गर्दा राजेश दाहाल र मनोज गुरुङको प्रहार भने बाहिरिएको थियो । यो सँगै टप सेभेन प्याङसँग ४-२ गोल अन्तरले पराजित हुँदै रेड डेभील्स प्रतियोगिताबाट बाहिरिएको हो।

उपाधीका लागि रेड डेभील्स ए र टप  सेभेन एफ सि बीच भोलि दिनको ठिक २ बजे प्रतिस्पर्धा हुनेछ

 

 

स्थानीय स्तरमा रहेका फुटबल खेलाडीहरूलाई उजागर गर्ने र गाउँ गाउँबाट फुटबल खेल विकासको लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लिङ लिम्बुले जानकारी दिनुभएको छ।

श्री  समाजिक परोपकार सङ्घ  सोयाङ इलामको जनामा कार्तिक ३ गतेबाट सुरु भएको गोल्डकपको फाइनल खेल  कार्तिक ११ गते हुनेछ। विजेताले नगद ७१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद ५१ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष झलक सिंह ताम्लिङ लिम्बुले जानकारी दिनुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...