Skip to main content

साझा अक्षर

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडले “हाम्रो विद्यार्थी–हाम्रो भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आदर्श ब्याङ्क्वेटमा सोमबार आयोजित कार्यक्रममा विद्यार्थीको प्रत्यक्ष जीवनसँग जोडिएको मानसिक स्वास्थ्य तथा लागूऔषध दुव्र्यसन न्यूनीकरण जस्ता संवेदनशील विषयमा विद्यार्थी र अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा डा. सन्दर्भ अधिकारीले सहजीकरण गर्दै विद्यार्थीको मानसिक अवस्था, तनाव व्यवस्थापन, सकारात्मक सोच र अभिभावकले अपनाउनुपर्ने व्यवहारबारे जानकारी गराएका थिए। त्यस्तै, लागूऔषध दुव्र्यसन न्यूनीकरण सम्बन्धी विषयमा रि-बर्थ पुनर्स्थापना केन्द्रका संस्थापक राजु गिरीले किशोर–किशोरीमा बढ्दो लागूऔषधको जोखिम, त्यसको रोकथाम तथा परिवारको भूमिकाबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा बिर्तामोड मेडिकल हल, सुरुवाती कोठा नेपाल–झापा, आदर्श हस्पिटालिटी तथा निधि सेकेन्डरी स्कुलको सहकार्य र समन्वय रहेको थियो।
कार्यक्रममा ५० भन्दा बढी अभिभावक र करिब २०० विद्यार्थीको सहभागिता रहेको थियो। आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक प्रह्लाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देश्य विद्यार्थीको समग्र विकासमा विद्यालय, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्यलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...