Skip to main content

साझा अक्षर

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडले “हाम्रो विद्यार्थी–हाम्रो भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आदर्श ब्याङ्क्वेटमा सोमबार आयोजित कार्यक्रममा विद्यार्थीको प्रत्यक्ष जीवनसँग जोडिएको मानसिक स्वास्थ्य तथा लागूऔषध दुव्र्यसन न्यूनीकरण जस्ता संवेदनशील विषयमा विद्यार्थी र अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो।


कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा डा. सन्दर्भ अधिकारीले सहजीकरण गर्दै विद्यार्थीको मानसिक अवस्था, तनाव व्यवस्थापन, सकारात्मक सोच र अभिभावकले अपनाउनुपर्ने व्यवहारबारे जानकारी गराएका थिए। त्यस्तै, लागूऔषध दुव्र्यसन न्यूनीकरण सम्बन्धी विषयमा रि-बर्थ पुनर्स्थापना केन्द्रका संस्थापक राजु गिरीले किशोर–किशोरीमा बढ्दो लागूऔषधको जोखिम, त्यसको रोकथाम तथा परिवारको भूमिकाबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा बिर्तामोड मेडिकल हल, सुरुवाती कोठा नेपाल–झापा, आदर्श हस्पिटालिटी तथा निधि सेकेन्डरी स्कुलको सहकार्य र समन्वय रहेको थियो।
कार्यक्रममा ५० भन्दा बढी अभिभावक र करिब २०० विद्यार्थीको सहभागिता रहेको थियो। आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक प्रह्लाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देश्य विद्यार्थीको समग्र विकासमा विद्यालय, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्यलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...