Skip to main content

साझा अक्षर

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा भारतको जर्जियन एफसी कालिम्पोङलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान बनाएको हो।
बिर्तामोडको जितमा आशिष चापागाईँले दुई र पवन बास्केले एक गोल गरे। खेलको १२औँ मिनेटमा आशिष चापागाईँले गोल गर्दै बिर्तामोडले अग्रता लिएका थिए। त्यसपछि दबाबमा परेको जर्जियन एफसीले उत्कृष्ट पुनरागमन गर्दै ३४औँ मिनेटमा सौरभ तामाङको गोलमार्फत खेल १–१ को बराबरीमा ल्याए। छि दुवै टिमबाट कुनै गोल भएन पहिलो हाफ एकएको बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा भने बिर्तामोड युनाइटेडले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्‍यो। ५८औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने ६९औँ मिनेटमा पवन बास्केले गोल थपेपछि बिर्तामोडले ३–१ को प्रभावशाली जित दर्ता गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन दुई गोल गरेका आशिष चापागाईँ म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथिबाट नगद रु. २,५०० र ट्रफी प्रदान गरिएको थियो।
प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्वार्टरफाइनल खेलमा आयोजक काँकरभिट्टा युवा क्लब, झापा र उर्लाबारी फुटबल क्लब, मोरङबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष अनिल गुप्ताले जानकारी दिएका छन्।
काकरभिट्टा युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता फाइनल खेल साउन १६ गते हुनेछ। विजेताले रु. १ लाख १ हजार १०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार ५५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी तथा नगद प्रदान गरिने समितिका उपाध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...