Skip to main content

साझा अक्षर

बिर्तामोड युनाइटेड काँकरभिट्टा च्याम्पियन्स कपको फाइनलमा उपाधिका लागि एपीएफ पकलीसँग खेल्ने

काँकरभिट्टा साउन १४।। आशिष चापागाईंको उत्कृष्ट प्रदर्शनमा बिर्तामोड युनाइटेड झापाले काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।

काँकरभिट्टा खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा इलामको रेड हर्स एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै बिर्तामोड उपाधिनजिक पुगेको हो। अब बिर्तामोडले उपाधिका लागि साउन १६ गते शनिबार एपीएफ पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुवातसँगै आक्रामक बनेको बिर्तामोडले रेड हर्समाथि लगातार दबाब सिर्जना गर्‍यो। त्यसैको परिणामस्वरूप आशिष चापागाईंले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो गोल खाएपछि खेलमा फर्कने प्रयासमा रहेको रेड हर्सले रक्षापंक्तिमा गरेको कमजोरीको फाइदा उठाउँदै आशिषले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरेपछि बिर्तामोड २–० ले अघि बढ्यो।
दुई गोलले पछि परेको इलामले त्यसपछि आक्रामक खेल प्रस्तुत गर्दै बिर्तामोडमाथि दबाब बढायो। लगातारको आक्रमणबीच सांगे शेर्पाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन र गोलरक्षकको बचाउका कारण स्कोर  हुन सकेन। अन्ततः बिर्तामोडले २–१ को जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो।

बिर्तामोडलाई फाइनल पुर्‍याउन निर्णायक भूमिका खेलेका दुई गोलकर्ता आशिष चापागाईं प्लेयर अफ द म्याच घोषित भए। उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’ लगायतले नगद रु. २,५०० सहित ट्रफी प्रदान गरे।

काकरभिट्टा युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल साउन १६ गते शनिबार हुनेछ। नेपाल र भारतका आठ टोली सहभागी प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ५० हजार ५५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव निङ्मा तामाङले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काँकरभिट्टा च्याम्पियन्स कपको फाइनलमा उपाधिका लागि एपीएफ पकलीसँग खेल्ने

बिर्तामोड युनाइटेड काँकरभिट्टा च्याम्पियन्स कपको फाइनलमा उपाधिका लागि एपीएफ पकलीसँग खेल्ने

काँकरभिट्टा साउन १४।। आशिष चापागाईंको उत्कृष्ट प्रदर्शनमा बिर्तामोड युनाइटेड झापाले काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्...
गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...