Skip to main content

साझा अक्षर

एक्टिभ नाइनको अधिवेशन सम्पन्न, विनोद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

 

 

झापा  साउन २४ ।।  व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको एक्टिभ नाइनको अधिवेशन इलामको पर्यटकीयस्थल कन्याममा सम्पन्न भएको छ।

अधिवेशनले विनोद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा पुण्यप्रसाद खतिवडा, सचिवमा सुरेश खतिवडा तथा सदस्यहरूमा गोबिन्द निरौला, भानुभक्त खनाल, झरेन्द्र खतिवडा, अर्जुनबहादुर थापा, मिलन ढकाल र रोहितकुमार भट्टराई निर्वाचित भएका छन्।

नौ जना युवा व्यवसायीको पहलमा स्थापना भएको एक्टिभ नाइनले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। संस्थाले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न सामाजिक अभियान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष विनोद दाहालले एक्टिभ नाइनले विगतदेखि गर्दै आएका सामाजिक कार्यलाई अझ व्यवस्थित, प्रभावकारी र परिस्कृत गर्दै आगामी दिनमा थप सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिले संस्थाको सामाजिक भूमिकालाई थप सशक्त बनाउँदै व्यवसायिक सफलतासँगै समाजप्रतिको दायित्व पूरा गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...