Skip to main content

साझा अक्षर

होक्से र मङ्गलबारे युनाइटेड बुधबारे युनाइटेड कपको फाइनलमा

बुद्धशान्ति ।   होक्से युवा क्लब र  मंगलबारे युनाइटेड फुटबल क्लब   बुधबारे युनाइटेड फुटबल कपको  फाइनलमा प्रवेश गरेका छन्।

आज सम्पन्न सेमिफाइनल खेलमा प्रभावशाली जित निकाल्दै दुवै टोली फाइनल प्रवेश गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

बुद्धशान्ति–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा हुक्से युवा क्लबले आइतबारे फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

खेलको सुरुदेखि नै आक्रामक देखिएको होक्सेले मैदानमा एकपक्षीय दबाब कायम राखेको थियो। बलमाथि राम्रो नियन्त्रण बनाउँदै लगातार आक्रमण गरेको होक्सेले आइतबारेको रक्षापंक्तिलाई खेल अवधिभर दबाबमा राख्यो। प्राप्त अवसरलाई सदुपयोग गर्दै होक्सेले एकपछि अर्को गोल थप्दै सहज जित निकाल्यो।

आइतबारे फुटबल क्लबले पनि केही अवसर सिर्जना गरे पनि प्राप्त मौकालाई गोलमा परिणत गर्न नसक्दा ठूलो गोल अन्तरले पराजित हुन पुग्यो। ६–१ को हारसँगै आइतबारेको प्रतियोगितामा अघि बढ्ने यात्रा सेमिफाइनलमै समाप्त भएको छ। मा उत्कृष्ट प्रदर्शन गरेका हुक्सेका सागर रसाइली म्यान अफ द म्याच भए। उनलाई प्रतियोगिता संयोजक तथा अतिथि ले नगद र ट्रफी प्रदान गरे

यसैगरी आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मङ्गलबारे युनाइटेड फुटबल क्लबले उपाधिको प्रमुख दाबेदार मानिएको आदर्श युथ क्लब बुधबारेमाथि ६–३ गोल अन्तरको शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक फुटबल प्रस्तुत गरेका थिए। खेलको सुरुवाती चरणमा मङ्गलबारेले गोल गर्दै अग्रता लिएको थियो। तर, आदर्श युथ क्लबले खेलमा फर्किने प्रयास गर्दै पहिलो हाफको अन्तिम मिनेटतिर गोल गरेपछि खेल १–१ गोलको बराबरी अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा भने मङ्गलबारे युनाइटेड थप आक्रामक रूपमा प्रस्तुत भयो। लगातार आक्रमण सिर्जना गरेको मङ्गलबारेले गोल थप्दै खेल आफ्नो पक्षमा पार्दै लग्यो। मङ्गलबारेका कप्तान आयुष राईले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत रूपमा चार गोल गरे। उनको प्रभावशाली प्रदर्शनका कारण मङ्गलबारेले ६–३ को फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो।

चार गोल गर्दै टोलीलाई फाइनल प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेका कप्तान आयुष राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई खेलपछि प्रमुख अतिथिबाट नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो।

आजका दुवै सेमिफाइनलको नतिजासँगै प्रतियोगिताको फाइनल समीकरण पनि पूरा भएको छ। अब उपाधिका लागि होक्से युवा क्लब र मङ्गलबारे युनाइटेड फुटबल क्लब आमनेसामने हुनेछन्।

प्रतियोगिताको फाइनल खेल भोलि सोमबार बुद्ध आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजकले जनाएको छ। सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गरेका दुवै टोली फाइनलमा उपाधिका लागि भिड्दा खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारबाट समेत सम्मान गरिने आयोजक समितिका संयोजक कर्मा शेर्पाले जानकारी दिएका छन्।

स्थानीय स्तरमा रहेका प्रतिभावान् खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै गाउँ–गाउँबाटै फुटबलको विकास गर्ने उद्देश्यले बुधबारे युनाइटेड फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभित्रका ६ वटा क्लबको सहभागिता रहेको थियो। स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै फुटबलप्रतिको आकर्षण बढाउने र स्थानीयस्तरमै खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्य प्रतियोगिताले लिएको आयोजकको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...