Skip to main content

साझा अक्षर

ब्याङडाडा च्यालेन्ज कप फुटबल भदौ ५ देखि, विजेताले १ लाख पाउने

झापा साउन २७।। ब्याङडाडा फुटबल क्लबको योजनामा प्रथम ब्याङडाडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

स्थानीय स्तरमा फुटबल प्रतियोगिता सञ्चालन नहुँदा सुस्ताउँदै गएको खेल गतिविधिलाई चलायमान बनाउने उद्देश्यले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता “शिवसताक्षी नगरपालिका  वार्ड नं ७ स्थित श्री भगवती माध्यमिक विद्यालयको खेलमैदानमा भदौ ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा पूर्वका विभिन्न चर्चित ८ टोलीको सहभागिता रहनेछ। जसमा बिर्तामोड युनाइटेड झापा, कोशी पुलिस विराटनगर, जलथल एफसी,दमक एफसी, जनसहयोग युवा क्लब, कनकाई एफसी, आयोजक बेङ्गडाँडा एफसी र एन्फा धरान रहनेछन्।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरेर आयोजकले खेलतालिका समेत सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा बिर्तामोड युनाइटेड र कोशी पुलिस एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताअन्तर्गत भदौ ६ गते जलथल एफसी र दमक एफसी, भदौ ७ गते जना सहयोग युवा क्लब र कनकाई एफसी तथा भदौ ८ गते बाङ्गडाँडा एफसी र एन्फा धरानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। खेलहरू दिउँसो ३ बजेपछि सञ्चालन हुनेछन्।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा पछिल्लो समय फुटबल प्रतियोगिता पर्याप्त रूपमा आयोजना हुन नसकेको अवस्थामा खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै स्थानीय फुटबललाई थप चलायमान बनाउने र खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ब्याङडाडा फुटबल क्लबले जनाएको छ।

आयोजकले शिवशतासी नगरपालिका आसपासका दर्शकहरूलाई मैदानमै आएर खेल हेर्दै खेलाडीको हौसला बढाइदिन समेत आग्रह गरेको छ। टाढा टाढा हुने दर्शकका लागि गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...