Skip to main content

साझा अक्षर

मङ्गलबारे युनाइटेड च्यालेन्ज कप आजबाट सुरु उद्घाटन खेलमा धाइजन चारआली विजयी

बुद्धशान्ति झापा । तेस्रो संस्करणको मङ्गलबारे च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ आजदेखि बुद्धशान्ति गाउँपालिका–४ स्थित मङ्गलबारे खेलमैदानमा सुरु भएको छ।

मङ्गलबारे युनाइटेड फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धाइजन चारआली फुटबल क्लबले विजयी सुरुवात गरेको छ।

उद्घाटन खेलमा डि एफ सी बाहुनडाँगीलाई २–१ गोल अन्तरले पराजित गर्दै धाइजन चारआली सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा धाइजन चारआलीका समीर हेमरनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० कै अवस्थामा सकिएको थियो।

दोस्रो हाफमा थप आक्रामक देखिएको धाइजन चारआलीका लागि मनोज राईले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। दुई गोलले पछि परेको बाहुनडाँगी त्यसपछि खेलमा फर्किन लगातार आक्रमणमा उत्रियो। त्यसक्रममा रमेश क्षेत्रीले गोल गर्दै डिएफसीलाई खेलमा फर्किने संकेत गरे।

तर त्यसपछि बाहुनडाँगीले लगातार दबाब सिर्जना गरे पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिन पुग्यो। धाइजन चारआलीले भने २–१ को जितसँगै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ।

उत्कृष्ट प्रदर्शन गरेका धाइजन चारआलीका मनोज राई म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथिले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक मङ्गलबारे युनाइटेड फुटबल क्लब र गौरादह–५, झापाबीच प्रतिस्पर्धा हुनेप्रतियोगिता संयोजक राम भण्डारीले जानकारी दिए

प्रतियोगिताको फाइनल खेल जेठ ४ गते हुनेछ विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिने संयोजक भण्डारीले जानकारी दिए।

उद्घाटन समारोह प्रतियोगिता संयोजक राम भण्डारीको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका–४ का वडा अध्यक्ष शेर बहादुर रायको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा खेलकुद समितिका अध्यक्ष, स्थानीय समाजसेवी, अग्रज व्यक्तित्व तथा फुटबलप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटनसँगै मङ्गलबारेको खेलमैदानमा स्थानीय फुटबलको रोमाञ्चक प्रतिस्पर्धा सुरु भएको छ। यसले स्थानीय स्तरबाट खेलाडी उत्पादन तथा फुटबल विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...