Skip to main content

साझा अक्षर

गौरादहको शानदार जित, आयोजक मङ्गलबारे क्वाटरफाइनलमै स्तब्ध

बुद्धशान्ति झापा । मङ्गलबारे युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सी एफ सी गौरादहले आयोजक मङ्गलबारे युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा शुक्रबार भएको खेलमा गौरादहले सुरुवातदेखि नै आयोजकविरुद्ध दबाब सिर्जना गर्दै आक्रामक खेल प्रस्तुत गरेको थियो। पहिलो हाफमा गौरादहले पेनाल्टीको अवसरसमेत पाएको थियो। डिबक्सभित्र गौरादहका खेलाडीमाथि फल भएपछि प्राप्त पेनाल्टीमा अनुप सिवाले प्रहार गरे पनि बल बारभन्दा माथिबाट बाहिरिएपछि गौरादह अग्रता लिनबाट चुकेको थियो।

त्यसपछि दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि पहिलो हाफमा गोल हुन सकेन र खेल गोलरहित बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टोली रणनीति परिवर्तनसहित मैदानमा उत्रिए। खेल थप प्रतिस्पर्धात्मक बन्दै गएसँगै दुवैतर्फबाट लगातार आक्रमण हुन थाले। त्यसैक्रममा सीएफसी गौरादहले गोल गर्दै अग्रता बनायो। तर आयोजक मङ्गलबारेले त्यसको जवाफ फर्काउँदै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

बराबरीपछि दुवै टोलीले आक्रामक खेललाई निरन्तरता दिए। गौरादहले प्राप्त अवसरलाई प्रभावकारी रूपमा सदुपयोग गर्दै पुनः गोल गरेपछि अग्रता आफ्नो पक्षमा पार्‍यो।

खेलको अन्तिम समयमा गौरादहका रोहित शिवाले रातो कार्ड पाएपछि गौरादह १० खेलाडीमा सीमित भयो। एक खेलाडी कम भए पनि गौरादहले आफ्नो रक्षात्मक संरचना बलियो राख्दै काउन्टर मुभमार्फत अर्को गोल थप्न सफल भयो। त्यससँगै गौरादहले खेल ३–१ ले आफ्नो पक्षमा पार्‍यो।

पछिल्लो समय आयोजक मङ्गलबारेले गोल फर्काउने प्रयासमा केही राम्रा अवसर सिर्जना गरे पनि ती अवसरलाई गोलमा परिणत गर्न नसक्दा आयोजक टोली प्रतियोगिताबाटै बाहिरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सीएफसी गौरादहका च्याङबा तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ। पूर्व प्रकाशित खेलतालिका अनुसार भोलिको खेलमा धुलाबारी एफसी र जलथल एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, प्रतियोगिताका विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक राम भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...