Skip to main content

साझा अक्षर

बुद्धशान्तिमा असाेज २४ देखि दोस्रो झापा मिडिया कप हुने

 

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँकाे अवसरमा पत्रकारहरूबीच सद्भाव बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप- २०८३ को आयोजना गर्ने भएको छ ।

शुक्रबार क्लबको कार्यसमितिको बैठकले आगामी असोज २४ र २५ गते बुधबारे स्थित खेल मैदानमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष तीर्थ तिम्सिनाले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा झापामा रहेका पालिकास्तरका प्रेस क्लबहरुको टिम सहभागी रहने छन् ।

प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष नारायण अर्याललाई संयोजक तोकिएको छ । उहाँका अनुसार अघिल्लो संस्करण भन्दा यस संस्करणमा पुरस्कार वृद्धि गरिने छ । पहिलो संस्करणमा प्रथम पुरस्कार नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो । त्यस्तै द्वितिय पुरस्कार १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो भने बुद्धशान्ति वडा नम्बर १ मुख्य प्रायोजक रहेको थियो।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको प्रेस क्लब बुद्धशान्तिका सचिव रोसन भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले नयाँ सदस्यता खुलाउने निर्णय समेत गरेको छ । बैठकमा समितिका सदस्य चन्द्रकान्त वाग्ले, समिक्षा कडरिया, किरण काफ्ले लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...