Skip to main content

साझा अक्षर

नेपाल भलिबल लिग : पहिलो फ्रेन्चाइज लिगमै उत्कृष्ट खेलाडी किन अन्सोल्ड?

निश्चल आचार्य

गेम अफ नेपाल

नेपालमा पहिलोपटक फ्रेन्चाइज अवधारणामा आधारित नेपाल भलिबल लिग (NVL) आयोजना हुने तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको ठ्याक्कै मिति सार्वजनिक नभए पनि आगामी भदौभित्र सञ्चालन गर्ने तयारी भइरहेको छ। नेपाली भलिबल इतिहासकै नयाँ अध्यायका रूपमा हेरिएको यस लिगमा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन्।
टोलीहरूले मार्की खेलाडी घोषणा गरिसकेका छन् भने १२९ नेपाली खेलाडीको अक्सनमार्फत टोली निर्माण पनि सम्पन्न भइसकेको छ। साथै विदेशी खेलाडीका लागि छुट्टै कोटा राखेर टोलीलाई अझ प्रतिस्पर्धात्मक  र बलियो बनाउने प्रयास गरिएको छ।
फ्रेन्चाइज लिगको मुख्य उद्देश्य केवल मनोरञ्जनात्मक प्रतियोगिता आयोजना गर्नु मात्र होइन, नेपाली भलिबललाई व्यावसायिक बनाउने, खेलाडीलाई आर्थिक अवसर सिर्जना गर्ने र नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने पनि हो। यही अपेक्षाका साथ नेपाली भलिबलको पहिलो फ्रेन्चाइज लिग संस्करणलाई निकै उत्सुकतापूर्वक हेरिरहेको छ।
तर अक्सन सम्पन्न भएसँगै अर्को बहस पनि सुरु भएको छ। विभिन्न प्रदेश तथा क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका केही चर्चित खेलाडी कुनै पनि टोलीमा समावेश हुन सकेनन्। विशेषगरी कोशी प्रदेश र मधेश प्रदेशबाट लामो समयदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी अनसोल्ड भएपछि समर्थकहरूमा निराशा देखिएको छ।
कोशी प्रदेशबाट विभागीय टोली र बेसी खेलाडीहरूले भरिएका टिप टप हेल्प नेपाल जस्ता व्यावसायिक टिमलाई समेत विभिन्न प्रतियोगितामा कडा चुनौती दिँदै आएका रोमन बस्नेत, विष्णु बस्नेत, लिला डाँगी र राजकुमार तामाङ बागमती  प्रदेशका नवीन महतो पुतली जस्ता खेलाडी अक्सनमा कुनै पनि टोलीबाट छनोट हुन नसक्नु अहिले चर्चाको विषय बनेको छ। यी खेलाडीले प्रदेश र क्लब स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका कारण उनीहरू लिगमा नदेखिनु धेरै समर्थकका लागि अप्रत्याशित बनेको छ।
भलिबल समर्थकहरूको धारणा छ कि पहिलो संस्करणको फ्रेन्चाइज लिगले नेपालका सबै क्षेत्रका उत्कृष्ट प्रतिभालाई अवसर दिनुपर्ने थियो। विशेषगरी लामो समयदेखि नेपाली भलिबलमा योगदान दिँदै आएका खेलाडीहरूलाई प्राथमिकता दिइएको भए लिगको प्रतिनिधित्व अझ व्यापक र सन्तुलित हुने थियो भन्ने उनीहरूको तर्क छ।
यस विषयमा कोशी प्रदेशका प्रशिक्षकले समेत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि अक्सन प्रक्रिया र खेलाडी छनोटबारे थप चर्चा सुरु भएको छ। यद्यपि टोलीहरूले आफ्नो रणनीति, आवश्यक पर्ने खेलाडीको भूमिका, टोलीको सन्तुलन र बजेटलाई आधार बनाएर छनोट गरेको हुन सक्ने पक्षलाई पनि बेवास्ता गर्न मिल्दैन। फ्रेन्चाइज खेलमा उत्कृष्ट खेलाडी मात्र होइन, टोलीको रणनीतिअनुसार उपयुक्त संयोजन पनि महत्वपूर्ण मानिन्छ।
यद्यपि एउटा प्रश्न भने स्वाभाविक रूपमा उठेको छ—यदि राष्ट्रिय तथा प्रदेशस्तरमा लगातार उत्कृष्ट प्रदर्शन गरेका खेलाडी नै पहिलो संस्करणको लिगबाट बाहिरिन्छन् भने उनीहरूको मनोबलमा कस्तो असर पर्ला? अझ युवा खेलाडीले यसबाट कस्तो सन्देश लिनेछन्?
नेपाल भलिबल लिग नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने ठूलो अवसर हो। यसले खेलाडीलाई व्यावसायिक वातावरण, आर्थिक सुरक्षा र अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने अपेक्षा गरिएको छ। त्यसैले आगामी संस्करणहरूमा अक्सन प्रक्रिया अझ पारदर्शी, समावेशी र प्रदर्शनमा आधारित भएको महसुस गराउन सकियो भने लिगप्रतिको विश्वास अझ बलियो बन्नेछ।
पहिलो संस्करण भएकाले केही निर्णय र परिणाममाथि बहस हुनु स्वाभाविक हो। तर यही बहसलाई सुधारको अवसरका रूपमा लिएर भविष्यमा देशभरिका योग्य खेलाडीलाई समान अवसर प्रदान गर्न सकिए नेपाल भलिबल लिगले नेपाली भलिबलको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत रहने छैन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...