Skip to main content

साझा अक्षर

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

 

बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ।

शिवसताक्षी–७, ब्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा जलथल फुटबल क्लब झापालाई टाइब्रेकरमा पराजित गर्दै बिर्तामोडले उपाधि भिडन्त पक्का गरेको हो।
निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा बिर्तामोड युनाइटेड ४–३ गोलले विजयी भयो।
उपाधिका दाबेदार मानिएका दुवै टोलीबीच सुरुवातदेखि नै प्रतिस्पर्धात्मक खेल भएको थियो। पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा भने खेल थप आक्रामक बन्यो। दोस्रो हाफको ४६औं मिनेटमा मिडबाट आएको लामो पासलाई बक्स बाहिर उत्कृष्ट नियन्त्रणमा लिँदै जलथलका सुनिल खड्काले सुन्दर गोल गरेपछि जलथलले १–० को अग्रता बनाएको थियो।

अग्रता लिएपछि जलथल केही रक्षात्मक देखिएपछि बिर्तामोडले लगातार दबाब बढायो। खेलको निर्धारित समयको अन्तिम मिनेटमा खमिर गिल्सन कन्दङ्वाले गोल गर्दै बिर्तामोडलाई खेलमा फर्काए। राइट कर्नर एरियाबाट आएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै कन्दङ्वाले बललाई जाली चुमाएका थिए।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो। टाईबेकरमा भने बिर्तामोडले बाजी मार्यो।
बिर्तामोडका विक्रम तामाङ, विशाल दर्जी, पवन मास्के र अभिषेक बरालले गोल गरे। आसिस चापागाईंको प्रहार भने जलथलका गोलकिपर राजेश राईले बचाएका थिए।
जलथलका तर्फबाट पुजन थापा, श्याम मुर्मु र संजोग मगरले गोल गरे। तारानाथ राजवंशी र निकेश श्रेष्ठको प्रहारलाई भने बिर्तामोडका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई फाइनलमा पुर्‍याए।

निर्णायक बचाउ गरेका बिर्तामोड युनाइटेडका गोलकिपर अभिषेक बराल खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथि तथा कार्यक्रम संयोजकले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो सेमिफाइनल खेल हुनेछ। दोस्रो सेमिफाइनलमा आयोजक ब्याङडाँडा फुटबल क्लब र कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापा बीच प्रतिस्पर्धा हुनेछ। फाइनलमा स्थान बनाउन दुवै टोलीबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

भदौ १२ गते हुने फाइनलका विजेताले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट विधागत खेलाडीलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक चन्द्रहाङ लिम्बूले जानकारी दिए।

ब्याङडाँडामा लामो समयदेखि प्रतियोगिता आयोजना नभएको अवस्थामा स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने र  फुटबल संस्कारलाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा कोशी प्रदेशका ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिता ब्याङडाँडा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...