Skip to main content

साझा अक्षर

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को उपाधि जितेको छ।

शिवसताक्षी–७, ब्याङडाँडा स्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई १–० गोल अन्तरले पराजित गर्दै कन्काईले पहिलो संस्करणको उपाधि जितेको हो।

कन्काईको जितमा सुजन मगरले गरेको निर्णायक गोल नै खेलको नतिजा निर्धारण गर्न पर्याप्त बन्यो।

उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोलीबीचको खेल सुरुवातदेखि नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले बल पोजेसनमा पकड बनाउँदै आक्रामक फुटबल खेल्ने प्रयास गरेका थिए। राष्ट्रिय तथा अनुभवी खेलाडीहरूको उपस्थितिले फाइनल खेललाई थप आकर्षक बनाएको थियो।

बिर्तामोड युनाइटेडका तर्फबाट आशिष चापागाईं, अभिषेक बराल, खमिर गिल्सन कन्दम्बा, प्रशान्त, लक्ष्मण, असीम जङ कार्कीलगायतका खेलाडी मैदानमा उत्रिएका थिए। यस्तै, कन्काई स्पोर्टिङ क्लबबाट राष्ट्रिय खेलाडीहरू सनीस श्रेष्ठ, आयुष घलान, रोहन कार्की, देवेन्द्र तामाङ र निमा तामाङलगायत मैदानमा थिए।

खेलमा बिर्तामोडले पनि गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेको थियो। तर प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा बिर्तामोड उपविजेतामै सीमित भयो। अर्कोतर्फ, स्टार खेलाडीले भरिएको कन्काईले बिर्तामोडमाथि निरन्तर दबाब सिर्जना गर्दै गोलका अवसर बनाएको थियो। त्यही क्रममा सुजन मगरले निर्णायक गोल गर्दै कन्काईलाई उपाधि दिलाए।

फाइनलमा निर्णायक गोल गरेका सुजन मगर प्लेयर अफ द म्याच घोषित भए। उनलाई प्रतियोगिता संयोजक चन्द्रहाङ लिङ्देन तथा फाइनल कार्यक्रमका प्रमुख अतिथि नरमाया कार्कीले ट्रफी र नगद पुरस्कार प्रदान गरे।

उपाधिसँगै कन्काई स्पोर्टिङ क्लबले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्तामोड युनाइटेडले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

व्यक्तिगत विधातर्फ कन्काईका अनुप गोले उत्कृष्ट गोलकिपर घोषित भए। यस्तै, प्लेयर अफ द टुर्नामेन्ट बिर्तामोड युनाइटेडका आशिष चापागाईं, हाई स्कोरर बिर्तामोडकै आशिष टुडु तथा इमर्जिङ प्लेयर आयोजक ब्याङडाँडा फुटबल क्लबका अरुण माझी घोषित भए।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई प्रतियोगिता संयोजक चन्द्रहाङ लिङ्देन, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले पुरस्कार तथा सम्मान प्रदान गरे।

ब्याङडाँडा फुटबल क्लबको आयोजनामा भाद्र ५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका आठ उत्कृष्ट टोलीको सहभागिता रहेको थियो।

स्थानीय स्तरमा लामो समयदेखि फुटबल प्रतियोगिता आयोजना हुन नसक्दा स्थानीय खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउन सकेका थिएनन् भने स्थानीय दर्शकसमेत फुटबलको प्रत्यक्ष आनन्दबाट टाढा थिए। यही अवस्थालाई मध्यनजर गर्दै ब्याङडाँडामा पुनः फुटबलको माहोल सिर्जना गर्ने र स्थानीय प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका परिकल्पनाकार टेक खजुम र चन्द्रहाङ लिङ्देनको अग्रसरतामा प्रतियोगिता आयोजना गरिएको हो। उनीहरूको पहलमा आयोजना गरिएको प्रतियोगिताले ब्याङडाँडामा फुटबलको पुरानो माहोल फर्काउनुका साथै स्थानीय खेलाडी र दर्शकलाई समेत उत्साहित बनाएको छ।

समापन समारोहमा बोल्दै प्रतियोगिता संयोजक चन्द्रहाङ लिङ्देनले स्थानीय तहले फुटबल खेलको विकासमा थप लगानी गर्नुपर्नेमा जोड दिए। उनले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित, सभ्य र भव्य रूपमा आयोजना गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...