Skip to main content

साझा अक्षर

कन्काई मिनी गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा बिर्तामोड युनाइटेड विजयी



बिर्तामोड असोज २३।। झापाको सुरुङ्गामा आजदेखि सुरु भएको कन्काई मिनिगोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै बिर्तामोड युनाइटेड झापा सेमिफाइनलमा प्रवेश गरेको छ।

कन्काई नगरपालिका–सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा बिर्तामोडले दमकको स्टार खेलाडी सम्मिलित चासात्या फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो।
खेलको पहिलो हाफमा बिर्तामोडका समीर तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता लामो समय टिक्न सकेन। दमकका फागुराम थारुले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफमा थप गोल हुन नसकेपछि दुवै टोली बराबरीको अवस्थामा पहिलो हाफको अन्त्य गरेका थिए


दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। बिर्तामोडका सुजन विकले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। खेलको अन्त्यतिर दमकले आक्रमणलाई तीव्रता दिँदै पदम भट्टराईको गोलमार्फत खेललाई पुनः २–२ को बराबरीमा ल्यायो। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।


टाइब्रेकरमा बिर्तामोडका पवन बास्के, सुजन विक, विक्रम तामाङ र असिमजङ कार्कीले गोल गरे। सञ्जय लिम्बुको प्रहार भने दमकका गोलरक्षक योगेश धिमालले बचाएका थिए।
यता, दमकका तर्फबाट पदम भट्टराई र असिम राईले गोल गरे भने फागुराम थारु र पूजन थापाको प्रहार गोल हुन सकेन। यससँगै बिर्तामोडले टाइब्रेकरमा ४–२ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड युनाइटेडका समिर तामाङ म्यान अफ द म्याच बने उनलाई प्रमुख अतिथि कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल र उपप्रमुखले नगद तथा ट्रफी प्रदान गरे।


प्रतियोगिताको उद्घाटन कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पोखरेलले कन्काई स्पोर्टिङ क्लबले गोल्डकप आयोजना गरेर सुरुङ्गामा फुटबलको माहोल पुनः फर्काएको भन्दै प्रशंसा गरे। उनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए।


प्रतियोगिताअन्तर्गत भोलि दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। आयोजक समितिका संयोजक इन्द्रजित बुढाका अनुसार भोलिको खेल इलामको रेडहर्स फुटबल क्लब र मलेसियाको मकालु फुटबल क्लबबीच हुनेछ।
प्रतियोगितामा कोशी प्रदेशका आठ चर्चित फुटबल क्लबको सहभागिता रहेको छ।

प्रतियोगिताको फाइनल खेल असोज ३० गते हुनेछ।
विजेता टोलीले नगद दुई लाख एक हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक कन्काई स्पोर्टिङ क्लबले जनाएको छ।

यो प्रतियोगिताको सम्पूर्ण खेलहरू गेम अफ नेपालको युट्युब च्यानल मार्फत प्रत्यक्ष हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...