Skip to main content

साझा अक्षर

विवेक सुनामको निर्णायक गोलमा रेड हर्स सेमिफाइनलमा

कनकाई, झापा असोज २४।। झापाको सुरुङ्गामा जारी दोस्रो कन्काई मिनी गोल्डकप फुटबल प्रतियोगितामा मकालु फुटबल क्लबलाई पराजित गर्दै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ।


कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोस्रो क्वार्टरफाइनलमा मकालुलाई २–१ गोल अन्तरले पराजित गर्दै रेड हर्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने मकालुले लिएको थियो। मकालुका आशिष लावतीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर रेड हर्सका विनोद धमलाले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो।


दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाउँदै गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा लामो समयसम्म खेल बराबरीमै रह्यो। यसैक्रममा रेड हर्सले मध्यभागबाट फ्रिकिकको अवसर प्राप्त गर्‍यो। उक्त अवसरलाई सदुपयोग गर्दै कप्तान विवेक सुनामले उत्कृष्ट प्रहारमार्फत गोल गरेपछि रेड हर्सले २–१ को अग्रता बनायो।
निर्णायक गोलसँगै अग्रता बनाएको रेड हर्सले बाँकी समय आफ्नो अग्रता जोगाउन सफल भयो। खेलको अन्त्यतिर मकालुले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः २–१ को जित निकाल्दै रेड हर्सले सेमिफाइनल यात्रा तय गर्दा मकालु प्रतियोगिताबाट बाहिरिएको छ।


खेलमा उत्कृष्ट प्रदर्शन गरेका रेड हर्सका कप्तान विवेक सुनाम म्यान अफ द म्याच घोषित भए। उनलाई प्रतियोगिताका प्रमुख अतिथि तथा कार्यक्रम संयोजक इन्द्रजित बुढाले ट्रफी र नगद पुरस्कार प्रदान गरे।
प्रतियोगिताअन्तर्गत भोलि तेस्रो क्वार्टरफाइनल खेलमा शनिश्चरे फुटबल क्लब, अर्जुनधारा झापा र उर्लाबारी फुटबल क्लब, मोरङबीच प्रतिस्पर्धा हुनेछ।

आयोजक समितिका अनुसार प्रतियोगिताको फाइनल खेल आगामी असोज ३० गते हुनेछ।
प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यसैगरी, विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक इन्द्रजित बुढाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...