Skip to main content

साझा अक्षर

कन्काई मिनी गोल्डकप, उर्लाबारीलाई हराउँदै शनिश्चरे एफसी सेमीफाइनल प्रवेश

सुरुङ्गा झापा । सौरभ सुब्बाको उत्कृष्ट दुई गोलको मद्दतमा शनिश्चरे एफसी अर्जुनधारा दोस्रो कन्काई मिनी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

झापाको कन्काई नगरपालिका–सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा उर्लाबारी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै शनिश्चरेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। अब शनिश्चरेले फाइनल प्रवेशका लागि बिर्तामोड युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

दुई परिचित प्रतिद्वन्द्वीबीचको खेल सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। प्रारम्भिक चरणमा उर्लाबारीले शनिश्चरेलाई दबाबमा राखे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। त्यसपछि लय समातेको शनिश्चरेले आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीको रक्षापंक्तिमाथि दबाब बढायो।शनिश्चरेका लागि सौरभ सुब्बाले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरे। डिबक्सभित्र प्राप्त पासलाई नियन्त्रणमा लिँदै उनले विपक्षी गोलकिपरलाई बिट गरेर बललाई जाली चुमाए। पहिलो गोलपछि थप आत्मविश्वासका साथ मैदानमा उत्रिएको शनिश्चरेले उर्लाबारीमाथि निरन्तर दबाब सिर्जना गर्‍यो।

दोस्रो हाफमा उर्लाबारीले खेलमा फर्किने प्रयास गरे पनि शनिश्चरेको रक्षापंक्ति तोड्न सकेन। डिबक्सबाहिरबाट उर्लाबारीले गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएपछि बराबरी गर्ने सुनौलो अवसर गुमाएको थियो।खेलको अन्तिम समयमा सौरभले व्यक्तिगत दोस्रो गोल गर्दै शनिश्चरेको जित सुनिश्चित गरे। बायाँ भागबाट बल अघि बढाएका उनले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपछि शनिश्चरेले २–० को सहज जित निकाल्यो। उर्लाबारीले त्यसपछि पनि गोलका अवसर सिर्जना गर्ने प्रयास गरे पनि सफल हुन सकेन र प्रतियोगिताबाट बाहिरियो।

दुई गोलसहित टोलीको जितमा निर्णायक भूमिका खेलेका शनिश्चरेका सौरभ सुब्बा खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथि तथा आयोजक समितिका संयोजकलगायतले नगद पुरस्कार र ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत सोमबार अन्तिम क्वार्टरफाइनलमा आयोजक कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा र रोयल जुधा एफसीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले सेमिफाइनलमा इलामको रेड हर्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ।आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल असोज ३० गते हुनेछ। प्रतियोगिताको विजेताले नगद दुई लाख एक हजार एक सय ११ रुपैयाँ तथा उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक समितिका संयोजक इन्द्रजित बुढाले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...