Skip to main content

साझा अक्षर

कन्काई मिनी गोल्डकप, आयोजकको जितसँगै सेमिफाइनल समीकरण पूरा

सुरुङ्गा झापा असोज २६।। आयोजक कन्काई स्पोर्टिङ क्लब दोस्रो कन्काई मिनी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ

झापाको सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा रोयल जुधालाई २–० गोल अन्तरले हराउै सेमिफाइनल प्रवेश गरेको हो। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो।

आयोजकको जितमा आदित्य शाक्य नायक बने। उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गर्दै कन्काईलाई अन्तिम चारमा पुर्‍याए।

खेल सुरु भएको पाँचौँ मिनेटमै उत्कृष्ट गोल गर्दै आदित्यले आयोजकलाई अग्रता दिलाएका थिए। नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित मैदानमा उत्रिएको कन्काईले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै रोयल जुधालाई दबाबमा राख्यो। यद्यपि, रोयल जुधाले पनि गोलका अवसर सिर्जना गरेको थियो। तर, प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ आयोजकको १–० को अग्रतामा सकियो।

दोस्रो हाफमा दुवै टोलीले खेलमा फर्कने र अग्रता बढाउने लक्ष्यसहित प्रतिस्पर्धात्मक प्रदर्शन गरे। रोयल जुधाले बराबरी गोलको खोजी गरिरहँदा आयोजक कन्काईले आक्रमणलाई तीव्र बनायो। खेलको अन्तिमतिर आदित्यले व्यक्तिगत दोस्रो गोल गर्दै कन्काईको जित सुनिश्चित गरे। त्यसपछि थप गोल हुन नसक्दा आयोजकले २–० को जित निकाल्दै सेमिफाइनलमा रेड हर्स फुटबल क्लब इलामसँगको भेट पक्का गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदित्य शाक्य ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि कन्काई खेलकुद विकास समितिका अध्यक्ष जीवन ओली र प्रतियोगिता संयोजक इन्द्रजित बुढालगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे।

आयोजकको जितसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। यसअघि बिर्तामोड युनाइटेड, शनिश्चरे फुटबल क्लब र रेड हर्स फुटबल क्लब इलामले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो सेमिफाइनलमा उपाधिका दाबेदार मानिएका बिर्तामोड युनाइटेड र शनिश्चरे फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा आयोजक कन्काई स्पोर्टिङ क्लबले रेड हर्स फुटबल क्लब इलामको सामना गर्नेछ। आयोजकको जितसँगै अब फाइनल प्रवेशका लागि कन्काई र रेड हर्सबीचको भिडन्त थप चासोको विषय बनेको छ।

असोज ३० गते हुने प्रतियोगिताको फाइनलमा उपाधि जित्ने टोलीले नगद २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक इन्द्रजित बुढाले जानकारी दिए।

प्रतियोगिताका खेलहरू गेम अफ नेपालको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न सकिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...