Skip to main content

साझा अक्षर

थोप्लेविरान फुटबल प्रतियोगिता आजबाट सुरु उद्घाटन खेलमा आदर्श युवा क्लब विजयी

मेचीनगर, झापा । झापाको मेचीनगरमा आजदेखि प्रथम थोप्लेविरान जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता२०८३ सुरु भएको छ। आज भएको उद्घाटन खेलमा बुद्ध आदर्श युवा क्लब बुद्धशान्तिले शानदार जित निकालेको छ।

पाहुना टोली न्यू भिजन युथ क्लब इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै बुद्ध आदर्शले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

मेचीनगर–९ स्थित थोप्लेविरान खेलमैदानमा मगलबार सम्पन्न खेलमा बुद्ध आदर्शको जितमा पूजन थापाले दुई तथा सन्दीप लिम्बुले एक गोल गरे। खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको बुद्ध आदर्शले न्यू भिजनलाई दबाबमा राख्दै गोलका अवसर सिर्जना गरेको थियो।

बुद्ध आदर्शका लागि उत्कृष्ट प्रदर्शन गरेका पूजन थापाले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्‍याए। यता, न्यू भिजनले पनि गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा उद्घाटन खेलबाटै प्रतियोगिताको यात्रा टुंग्याउनुपर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका पूजन थापा म्यान अफ द म्याच घोषित भए। उनलाई अतिथि तथा कार्यक्रम संयोजकलगायतले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

विजयादशमीको अवसर पारेर आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रेफ्री लोकराज अधिकारीलाई बल हस्तान्तरण गर्दै गरेका थिए। उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नगरप्रमुख बुढाथोकीले थोप्लेविरान खेलमैदानसँग आफ्नो पुरानो सम्बन्ध स्मरण गरे। उनले आफू पनि यही मैदानमा प्लास्टिकको बल खेलेर हुर्किएको बताउँदै ऐतिहासिक महत्त्व बोकेको खेलमैदानको स्तरोन्नतिका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा आफू सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे। साथै, उनले विजयादशमीको शुभकामना दिँदै प्रतियोगिताको सफलताको कामना गरे।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय फुटबलको विकाससँगै थोप्लेविरान क्षेत्रलाई पर्यटनसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी तथा अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक थोप्लेविरान युथ क्लब र आदर्श मैदान बिर्तामोडबीच प्रतिस्पर्धा हुनेछ।

आगामी कार्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विधागत रूपमा ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक सुरज प्रधानले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...