Skip to main content

साझा अक्षर

कन्काई मिनी गोल्डकप : बिर्तामोडलाई हराउँदै शनिश्चरे फाइनलमा


झापा असोज २७।। झापाको कन्काई नगरपालिका–सुरुङ्गामा जारी दोस्रो कन्काई मिनी गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेडलाई पराजित गर्दै शनिश्चरे फुटबल क्लब अर्जुनधारा फाइनलमा प्रवेश गरेको छ।


कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा बिर्तामोड युनाइटेडलाई ४–२ गोलअन्तरले पराजित गर्दै शनिश्चरेले उपाधि यात्रालाई अघि बढाएको हो।
प्रतिस्पर्धात्मक खेलमा शनिश्चरेले सुरुआती अग्रता लिएको थियो। शनिश्चरेका रोमन भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, एक गोलले पछि परेको बिर्तामोडले आक्रामक खेल प्रस्तुत गर्दै पहिलो हाफमै बराबरी गोल फर्कायो। बिर्तामोडका सञ्जय लिम्बुले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को स्थितिमा पुर्‍याएका थिए।


त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि थप गोल हुन सकेन। दुवै टोलीले सिर्जना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित समय बराबरीमा सकियो र खेल निर्णयका लागि टाइब्रेकर तर्फ धकेलियो


टाइब्रेकरमा भने शनिश्चरेले बाजी मार्‍यो। शनिश्चरेका सौरभ लिम्बु, प्रदीप बुढाथोकी, हेमन लिम्बु र रोमन भुजेलले गोल गरे। बिर्तामोडका आशिष चापागाईं र पवन बास्केले गोल गर्दा सञ्जय लिम्बु र सुजन विकको प्रहारलाई शनिश्चरेका गोलकिपर अनुप तामाङले विफल पारिदिए।


खेलमा उत्कृष्ट प्रदर्शन गरेका शनिश्चरेका गोलकिपर अनुप तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे।


प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा आयोजक कन्काई स्पोर्टिङ क्लब, सुरुङ्गा र रेड हर्स फुटबल क्लब, इलामबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा शनिश्चरेको सामना गर्नेछ।


असोज ३० गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक इन्द्रजित बुढाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...