Skip to main content

साझा अक्षर

आयोजकलाई हराउँदै आदर्श मैदान सेमिफाइनलमा

झापा असोज २८।। प्रथम थोप्लेविरान जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आयोजक थोप्लेविरान फुटबल क्लबलाई पराजित गर्दै आदर्श मैदान बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ।

मेचीनगर–९ स्थित थोप्लेविरान खेलमैदानमा आज सम्पन्न खेलमा आयोजकलाई २–१ गोल अन्तरले हराउँदै आदर्शले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयसम्म गोल हुन सकेन। पहिलो हाफको अतिरिक्त समयमा आशिष चापागाईंले गोल गर्दै आयोजकलाई अग्रता दिलाए। तर, उक्त अग्रता लामो समय टिक्न सकेन। पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा आदर्शका राजेश शाहले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाए। दुवै पक्षले गोलका अवसर सिर्जना गरे पनि आयोजकले पाएका अवसरलाई सदुपयोग गर्न सकेन। त्यसको फाइदा उठाउँदै आदर्शले दोस्रो गोल थपेपछि खेलमा २–१ को अग्रता बनायो।

एक गोलले पछि परेको आयोजकले खेलमा फर्किन निरन्तर प्रयास गरे पनि थप गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो। जितसँगै आदर्श सेमिफाइनलमा प्रवेश गर्दा आयोजक थोप्लेविरान फुटबल क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका क्रिसल थापा म्यान अफ द म्याच घोषित भए। उनलाई अतिथि तथा खेल संयोजकलगायतले नगद पुरस्कार र ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत भोलि हुने तेस्रो क्वार्टरफाइनलमा शनिश्चरे एफसी अर्जुनधारा र ढडुवा एफसी जलथलबीच प्रतिस्पर्धा हुनेछ।

आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने खेल संयोजक सुरज श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका खेलहरू गेम अफ नेपालको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...