Skip to main content

साझा अक्षर

थोप्ले विरान फुटबल प्रतियोगिता : काकरभिट्टा फाइनल प्रवेश उपाधिका लागि शनिश्चरेसँग खेल्ने

झापा। प्रथम थोप्ले विरान जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा जित निकाल्दै काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश गरेको छ।

मेचीनगर–९ स्थित थोप्ले विरान खेलमैदानमा आज सम्पन्न अन्तिम सेमिफाइनलमा आदर्श मैदान बिर्तामोड झापालाई १–० गोलअन्तरले पराजित गर्दै काकरभिट्टाले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवातदेखि नै फाइनल प्रवेशको लक्ष्यसहित आक्रामक खेल प्रस्तुत गरेका थिए। पहिलो हाफमा रबिन मगरको गोलमा अग्रता बनाएको काकरभिट्टाले अन्तिमसम्म आफ्नो अग्रता जोगाउन सफल भयो।

खेलको पहिलो हाफमा कर्नरबाट आएको बललाई अनमार्क रहेका रबिन मगरले वान टचमा जाली चुमाउँदै काकरभिट्टालाई अग्रता दिलाएका थिए। त्यसपछि बराबरी गोल फर्काउने प्रयासमा रहेको आदर्श मैदानले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। फलस्वरूप पहिलो हाफ काकरभिट्टाको १–० को अग्रतामा सकियो।

दोस्रो हाफमा दुवै टोली थप रणनीतिसहित मैदानमा उत्रिए। खेलमा फर्कने लक्ष्यसहित आदर्श मैदानले आक्रमण तीव्र बनाउँदा काकरभिट्टा भने आफ्नो अग्रता दोब्बर बनाउने र रक्षात्मक रणनीतिमार्फत त्यसलाई जोगाउने प्रयासमा देखियो।

आदर्श मैदानले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि काकरभिट्टाको रक्षापंक्तिले उसका प्रहारहरूलाई विफल बनाइरह्यो। खेलको दोस्रो हाफको इन्जुरी समयमा आदर्श मैदानले खेल बराबरी गर्ने सुनौलो अवसरसमेत पाएको थियो।

पेनाल्टी बक्सभित्र काकरभिट्टाका खेलाडीबाट फाउल भएपछि रेफ्रीले आदर्श मैदानलाई पेनाल्टीको अवसर दिएका थिए। आदर्श मैदानका आरके कन्दङ्वा लिम्बुले प्रहार गरेको पेनाल्टीलाई काकरभिट्टाका गोलकिपर देबेन भुजेलले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। उनको निर्णायक बचाउसँगै काकरभिट्टाले १–० को जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काकरभिट्टाका गोलकिपर देबेन भुजेल प्लेयर अफ द म्याच घोषित भए। उनलाई अतिथि तथा प्रतियोगिता संयोजकलगायतले ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए।

यससँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। अब उपाधिका लागि आगामी कात्तिक २ गते सोमबार शनिश्चरे फुटबल क्लब अर्जुनधारा र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यसका साथै उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई समेत ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक सुरज श्रेष्ठले जानकारी दिए।

विजयादशमीको अवसर पारेर आयोजित प्रतियोगितामा झापा र इलामका आठ टोलीको सहभागिता रहेको थियो। स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने, खेलाडीको प्रतिभा र खेल कौशल प्रस्तुत गर्ने अवसर प्रदान गर्ने तथा थोप्ले विरान क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक थोप्ले विरान फुटबल क्लबले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...