साझा अक्षर

आज हरिशयनी एकादशी तुलसीको बिरुवा रोप्ने दिन

 

झापा साउन २॥   आज हरिशयनी एकादशी प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको वरिष्ठ ज्योतिष एवं पण्डित डा. रुद्रनाथ अधिकारी बताउँछन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि  देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि रहेको वरिष्ठ ज्योतिष अधिकारीले बताए ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...