साझा अक्षर

उदयपुरमा आमाछोराको हत्या, घटनाको अनुसन्धान गर्दै प्रहरी

 

उदयपुर भाद्र २० ।। उदयपुरको कटारी नगरपालिका- १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ। 

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो’, वडाध्यक्ष खड्काले भने ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए। 

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर/पहाडी भेगमा पर्दछ।  वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए। उनले भने, ‘तीनसय मिटर पर मूल घर थियो गएराति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ।’

घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिए।

स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मूल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए। ‘साना साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे’, राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ।’

बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछि स्थानीयवासी शोकमा डुबेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123