साझा अक्षर

भन्सार छलेर नेपाल भित्राइएको १० लाख मुल्य बराबरको कपडा बरामद

 

मेचीनगर । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चोक दक्षिण पिपल चोकबाट उक्त मूल्यबराबरको कपडा बरामद गरेको हो ।

भारतबाट विभिन्न ब्रान्डको लत्ताकपडा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले बताए ।

बरामद गरिएको सामानमा कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेस्ट २०० थान कुर्ताको कपडा १६ थान (३२० मिटर), ब्लाउजको सादा कपडा २० थान (४०० मिटर) र ब्लाउजको कपडा १८ थान (२१६ मिटर) रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बगान युथ क्लब बिर्तामोड च्यालेन्ज कपको सेमिफाइनलमा,

  बिर्तामोड, झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला मा जारी बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगित...
शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

  बिर्तामोड झापा जेठ २५ ।। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रत...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

  बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

  बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियो...