Skip to main content

साझा अक्षर

गौ हत्यामा संलग्न चारजना पक्राउ गरी सार्वजनिक

 

दमक ।।झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन् । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए ।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्धा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंछीसम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए ।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर एटु – १२० बस्ने बस्ने ३२ वर्षीय बिधान थापा पक्राउ परेका छन् । उनी पनि यसअघि बिभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए ।

त्यस्तै सोही घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीया गिता श्रेष्ठ पनि पक्राउ परेकी छन् ।

भदौ १८ गते राति दमक नगरपालिका वडा नं. २ बस्ने लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानीट्याङकीनजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भेणी रहेको गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरुले काटेका थिए । टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा ,करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए ।

घटनापश्चात् फरार रहेका उनीहरुको खोजतलास गर्नेक्रममा मानिससहित विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरुको कोठाबाट भदौ २१ गते बरामद भएको जानकारी दिए । उनीहरुमाथि पशुपंछीसम्बन्धी कसुरमा मुद्धा चलाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...