साझा अक्षर

चेक बाउन्स सम्बन्धी मुद्दामा दोषीलाई जरिवानासहित १ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

 

काठमाडौं । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई अब १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफल भएको थियो । सो क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।

२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा.प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

छलफलमा सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने समिति सभापति सन्तोष चालिसेले बताए ।

बैठकमा उपस्थित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसूर तथा सजायसम्बन्धी विधेयकमा भएका छलफल सकारात्मक रहेको बताए । दफावार छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताउँदै उनले चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न र चेक अनादरलाई निरुत्साहित गर्न सजायको व्यवस्था गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123