साझा अक्षर

भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या, शव ३० टुक्रा पारेको अवस्थामा फ्रीजभित्र भेटियो

भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेको अवस्थामा फ्रीजभित्र भेटिएको छ।

हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् ।

उनी बसिरहेको  फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए ।

घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटियो । जब उनीहरूले फ्रीज खोले, त्यहाँको दृश्य देखेपछि दुवैजना ढले ।

फ्रीजको दुर्गन्धले बस्न नसेकपछि घरधनीसहित बाहिर निस्किएका थिए । उनीहरूले तत्कालै प्रहरीलाई झिकाए । त्यसपछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठायो ।

प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । त्यहाँस्थित व्यालिकभलको पाइपलाइन रोडस्थित भवनको पहिलो तलमा उनको कोठा थियो ।

पाँच महिनादेखि बस्दै आएकी महालक्ष्मीसँग दाजु पनि बस्थे । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।

प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो । पश्चिमाञ्चल डिभिजनका एसपी सतीश कुमारले सेप्टेम्बर १२ मा उनको हत्या भएको बताएका छन् ।

महालक्ष्मीको मोबाइल सेप्टेम्बर १२ देखि बन्द थियो । महालक्ष्मीको परिचितबाटै हत्या भएको आशंका प्रहरीले गरेको छ । घरका कुनै सामन नहराएकाले चोरीको उद्धेश्यबाट भन्दा परिचितबाटै उनको हत्या भएको एसपी सतीशकुमारले बताएका छन् ।

प्रत्यक्षदर्शी र छिमेकीले महालक्ष्मीलाई हरेक बिहान एकजना मानिसले लगेर बेलुका ल्याइदिने गरेको बताएका छन् । एकजना डेलिभरी ब्वाईले उनलाई प्रेम प्रस्ताव गरेको बताइए पनि पुष्टि भएको छैन । अर्को युवकसँग प्रेममा रहेकाले परिवारले पनि महालक्ष्मीलाई त्यागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...