Skip to main content

साझा अक्षर

८० हजार घुस लिँदा लिँदै वडाअध्यक्ष पक्राउ

 

बिर्तामोड ।। झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली  घुस लिएको रकम सहित पक्राउ परेका हुन् ।

भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै ओलीलाई नियन्त्रणमा लिइएको हो ।

चौहानले जग्गासम्बन्धी कारोबारमा वडा अध्यक्ष ओलीलाई रकम बुझाएका हुन् । वडा अध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि चौहानले बिर्तामोडमा आएर पैसा बुझाएका हुन् ।

घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु र स्थानीय पत्रकारहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् ।

अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए ।  यो घुसको काण्ड हो उनले भने यो प्रहरीको क्षेत्राधिकार  भित्र नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले यसको छानबिन गर्ने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...