Skip to main content

साझा अक्षर

पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

बिर्तामोड असोज १०।।झापामा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी– ११ दुधेमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका–१ निवासी ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...